You are viewing the translated version of जानकारी दिनु पर्ने.

Section 96
जानकारी दिनु पर्ने
(१) वित्तीय जानकारी इकाईबाट सम्प्रेषित सूचना उपरको कारबाहीका सम्बन्धमा सम्बन्धित निकायले वित्तीय जानकारी इकाईलाई पृष्ठपोषण दिनु_पर्नेछ।

(२) वित्तीय जानकारी इकाईले कुनै सूचक संस्थाको विरुद्ध कारबाही गरेमा सोको जानकारी सम्बन्धित नियमनकारी निकायलाई दिनु पर्नेछ।

(३) नियमनकारी निकायले ऐन तथा यस निमयावली बमोजिम कुनै सूचक संस्थालाई कारबाही गरेमा सोको जानकारी बित्तीय जानकारी इकाई र विभागलाई दिनु पर्नेछ।

(४) कुनै खास व्यक्ति, समूह वा सङ्गठनसँगको कारोबारका सम्बन्धमा गरेको निर्णयले नेपालमा समेत असर पर्न सक्ने भन्ने जानकारी कुनै विदेशी मुलुक वा निकायले नेपालको कुनै निकायलाई उपलब्ध गराएमा त्यस्तो निकायले पूर्वसावधानीको लागि सम्बन्धित निकाय वा संस्थालाई सूचना दिन सक्नेछ।